काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा गरिरहेको प्रदर्शनमा यती र ओम्नी काण्डको छानबिनको माग गरिएको छ। प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासनजिकैबाट यती र ओम्नी काण्डको छानबिन गर्नुपर्ने भन्दै प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।
साथै उनीहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नपाउने भन्दै नारा लगाएका छन्।
‘यती र ओम्नीको छानबिन गर, कुलमान खेद्न पाइँदैन’ नाराबाजीका क्रममा उनीहरूले भने।
आफ्ना सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले रिहाइको माग गर्दै सडक प्रदर्शन गर्दै आएको छ।





