नेपाल प्रहरीका डीआईजी राणा र ह्योजु एआईजीमा बढुवा

२०८१ कार्तिक १३, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले डीआईजी किरण राणा र डा. सुन्दरप्रसाद ह्योजु (प्राविधिकतर्फ) लाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले हाम्रोदेशलाई जानकारी दिए । गत आइतबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार