लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा

२०८१ कार्तिक १७, शनिबार

विराटनगर : सुनसरीको कोशी गाउँपालिका वडा नं ७ हरिपुरमा प्रहरीले लागूऔषध गाँजा सहित एक ट्रक नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भण्टावारी र अस्थायी प्रहरी पोष्ट हरिपुरबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा गाजा बरामद गरेको हो । प्रहरीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ०४१४ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालक ट्रक छोडेर फरार भएका छन् ।

शङ्कास्पद ट्रकको चेकजाँच गर्दा ट्रकको छतमा बनाइएको फल्स बटममा लुकाइएको ११ वटा बोरामा करिब ३४० किलोग्राम गाँजा फेला परेको ।प्रहरीले बरामद गरिएको गाँजा र ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार