काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री बद्रिप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन् । शनिबार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपालीहरूको संस्कृति, विविधतापूर्ण संस्कृति र प्रकृति हाम्रो समृद्धि, पुँजी र सम्पत्ति हो । यसलाई अघि बढाउने सन्दर्भमा हाम्रा प्रत्येक भाषा, अहिले १३१ वटा भाषा पुगेका छन् । नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले कसरी जोगाउन सक्छौँ । प्रवर्द्धन र संरक्षण गर्ने दिशामा अघि बढ्छौँ । संस्कृति भनेको प्रत्येक समाजको प्राण हो । संस्कृति भनेको सफ्टवेयर हो । प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरी स्वरूप मजबुत हुन्छ,’ उनले भने ।
मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोक्नुभएको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताए ।





