भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना, दुई जनाको मृत्यु

२०८१ कार्तिक १७, शनिबार

कपिलवस्तु : भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पि बि १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बस एक आपसमा ठक्कर खाएको थियो । आज बिहान भएको दुर्घटनामा परी कपिलवस्तु बाणगङ्गा नगरपालिका ९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका वडा नम्बर ६ का अनिल सापकोटाको निधन भएको थाना पचपेडवा बलरामपुरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

कारमा सवार मृतक बेल्बासेका पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका जितपुर नम्बर ४ निवासी टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार