गलकोट : बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए । टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो ।
जीपमा चालक मात्रै सवार थिए ।





