उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी

२०८१ कार्तिक २५, आईतवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेसँगै राष्ट्रपतिले गर्ने कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो अनुपस्थिततिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन गर्नेगरी तोकेका राष्ट्रपति कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव शैलजा रेग्मीले जानकारी गराइन् ।

अजरबैजानको बाबु शहर आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रको २९ औं सम्मेलनका अवसरमा आयोजना हुने वर्ल्ड लिडर्स समिटमा भाग लिन राष्ट्रपति पौडेल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार