कांग्रेस नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक, ह्याम्स अस्पतालमा निधन

२०८१ कार्तिक २६, सोमबार

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई पुत्रशोक परेको छ ।

वाग्लेका छोरा गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार निधन भएको हो । आन्तरिक रक्तस्रावका कारण ह्याम्स अस्पतालमा भर्ना भएका वाग्लेको उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ । पर्यटन व्यवसायमा संलग्न वाग्ले पिता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर राजनीतिक रूपमा निष्क्रिय भएपछि पार्टीमा महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय थिए ।

चिरञ्जीवी वाग्लेका एक मात्र पुत्र देवेन्द्र वाग्लेको निधनप्रति कांग्रेस नेताहरूले शोक व्यक्त गरेका छन् । ५३ वर्षीय दिवंगत वाग्लेका एक छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार