यु–१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

२०८१ कार्तिक २७, मंगलवार

काठमाडौँ : आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज (मंगलबार) कुवेतसँग खेल्दैछ । युएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

यसअघि अस्ती आइतबारको खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपालले अन्तिम खेल पर्सी बिहीबार युएईसँग खेल्नेछ ।

यसअघि  नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली युएई, थाइल्याण्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार