काठमाडौँ : सरकारले डा. वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनले स्वेच्छिक रुपमा राजीनामा दिएकाले स्वीकृत गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै निलम्बनमा परेका डा. अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष अधिकृत पदमा हाजिर गरेसँगै राजीनामा दिएका थिए ।





