शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन

२०८१ मंसिर १६, आईतवार

काठमाडौं : शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका छन्। भारतीय खेलाडी धवन कर्णाली याक्सबाट एनपिएल खेल्दैछन्।

आइतबार खेलाडीहरू धवन, सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का लगायतले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

एनपिएल शनिबारदेखि सुरू भएको थियो। आइतबार कीर्तिपुरमा उपनिर्वाचन भएकोले खेल खेलाइएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार