कीर्तिपुरको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी

२०८१ मंसिर १७, सोमबार

काठमाडौँ : काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । भर्खरै मात्रै कीर्तिपुरको मतगणना सकिएको हो । निर्वाचन आयोगले मतपरिणामको औपचारिक घोषणा भने गर्न बाँकी छ ।

सोमबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले ५ हजार ३३४ मतका साथ विजय हासिल गरेका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार डा.सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार