तमिलनाडुको तिरुवन्नमलाईमा चक्रवात फङ्गलपछि पहिरो, पाँच जनाको शव भेटियो

२०८१ मंसिर १८, मंगलवार

काठमाडौं : तमिलनाडुको तिरुवन्नमलाईमा पहिरोमा फसेका सातमध्ये पाँच जनाको शव निकालिएको छ । २४ घण्टाको उद्धार कार्यपछि सोमबार ५ जनाको शव निकालिएको हो ।

घटनास्थलमा पुगेका प्रदेशका उपमुख्यमन्त्री उदयनिधि स्टालिनले उद्धार टोलीले शव निकाल्ने काम भइरहेको बताए । मुख्यमन्त्री स्टालिनले घटनामा ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन् ।

चक्रवाती तूफान फङ्गलले तिरुवन्नमलाईमा भारी वर्षा गरेको छ। त्यसपछि डिसेम्बर १ मा भीयुसी नगर क्षेत्रको अन्नामलैयर पहाडमा पहिरो खस्यो । यस दुर्घटनामा दुई घरमा क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार