अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्नेच्युडको भूकम्प

२०८१ मंसिर २१, शुक्रबार

अमेरिका : क्यालिफोर्निया राज्यको फेर्नडेल सहरलाई केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार बिहीबार बिहान १०:४४ बजे ७ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पबाट मानवीय र भौतिक क्षति भएको विवरण नआएको समाचार संस्था एशोसियटेड प्रेसले उल्लेख गरेको छ। पसल र मार्टहरूमा भने सामानहरू छरपस्ट भएका थिए। क्षति नभएपनि त्यहाँका नागरिकहरूले धेरै सेकन्डसम्म जमिन हल्लिएको महशुस गरेका थिए भनेर एपीले लेखेको छ।

७.१ म्याग्नेच्युडको भूकम्पपछि स-साना कम्पनहरू गएका थिए। बिहीबारको भूकम्पलाई सन् २०१९ पछिकै शक्तिशाली भनिएको छ। त्यतिबेला ७.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पपछि फर्नडेलको तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार