रविलाई भेटेपछि ज्ञानेन्द्र शाहीले भने- चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएकै हो

२०८१ मंसिर २२, शनिबार

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले शनिबार दिउँसो कास्की प्रहरीको हिरासतमा पुगेर रविलाई भेटेका हुन् ।

भेटपछि उनले रविलाई चितवनमा अमानवीय व्यवहार गरिएको बताए । उनले प्रतिशोध साँधेर रविलाई पक्राउ गरेको संकेत गरे ।

‘प्रतिशोध नभइदिएको भए अरु मान्छेलाई पनि थुन्नुपर्थ्यो । किनभने अरु पनि छन् सहकारीमा । कानूनी राज्यको सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘अहिले जुन हिरासतमा अमानवीय व्यवहार गरिएको छ । यो चाहिँ खेद प्रकट गर्छु ।’

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । केही दिनमा पर्सा लग्ने तयारी छ ।

शुक्रबारमात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिरासतमै पुगेर रविलाई भेटेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार