कस्तो रहनेछ आजको मौसम ?

२०८१ मंसिर २३, आईतवार

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज बिहान कोसी प्रदेशसिहत देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा आंशीक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराई भूमाग तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ।

आज दिउँसो पनि कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू‍भागमा आंशिकदेखि साधारणतया बदली रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार