काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा मोहन वैद्य किरण निर्वाचित भएका छन् ।
आइतबार कीर्तिपुरमा सम्पन्न एकता महाधिवेशनको हलले वैद्यलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको हो । एकता महाधिवेशनले पहुपदीय व्यवस्था खारेज गरेपछि उनी फेरि महासचिवमा निर्वाचित भएका हुन् ।
सन्तबहादुर नेपालीको प्रस्ताव र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को समर्थनमा उनी सर्वसम्मत चुनिएको एक सदस्यले जानकारी दिए । उनलाई महाधिवेशनको हलले ताली बजाएर सर्वसम्मत निर्वाचित गरेको हो ।
त्यस्तै, महाधिवेशनबाट ११७ सदस्यीय केन्द्रीय समिति गठन भएको छ भने १६ वटा मूल प्रस्ताव पारित गरेको छ । ती सदस्यका अुनसार ८० सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन भएको छ । महाधिवेशनले केन्द्रीय परिषद् सदस्य गठन गरेको छ । जसमा ११७ केन्द्रीय सदस्य रहेका छन् भने ८० वैकल्पिक केन्द्रीय सदस्य छन् ।





