काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ओरालो लाग्ने क्रम जारी छ।
यसै क्रममा आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले सार्वजनिक गर्नेछ। त्यतिबेला तापक्रम अझ घट्न पनि सक्छ, कहिलेकाहीँ यत्ति नै पनि रहनसक्छ।





