काठमाडौं : शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।
जेष्ठता क्रममा रहेका प्रमुख सेनानीहरु मदनजंग कार्की, दीपक कोईराला, ज्योतिकुमार थापा, रत्नकेशर खड्का, सुवेश कायस्थ र निकिल कुंवरलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
साथै ११ जना महासेनानीको सरुवा गर्ने निर्णय समेत भएको ती मन्त्रीले जानकारी दिए ।





