डीआईजी अर्जुन चन्द ठकुरी आजबाट अवकाश

२०८१ मंसिर ३०, आईतवार

काठमाडौं : प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी आजबाट अनिवार्य अवकाशमा गएका छन् ।

उनी उमेरहदका कारण आज राति १२ बजेबाट अनिवार्य अवकाशमा गएका हुन् । विद्यमान प्रहरी नियमावली अनुसार ५६ वर्षे उमेर हदका कारण डीआईजीहरु अवकाश हुने प्रावधान छ । ३० वर्षे सेवा अवधिअनुसार आगामी चैतसम्म सेवा अवधि भए पनि त्यस अगावै उमेर हदका कारण उनी अवकाशमा गएका हुन् ।

ठकुरी अवकाशमा गएसँगै नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ३ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार