काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ । हिजोको तुलनामा आज तापक्रम केही बढी छ ।
बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।