प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ पुष ४, बिहीबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनको पेटमा समस्या देखिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ । डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ । बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
1

ताजा समाचार