बुटवल : बुटवलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ११ माझगाउँ सत्यवती टोलकी २१ वर्षीया अञ्जली विकको उनकै श्रीमान ३१ वर्षीय सागर विकले हत्या गरेका हुन्। सागरको कुटपिटबाट सोमबार दिउँसो ३ बजेतिर अञ्जलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
श्रीमतीको हत्या गर्ने सागरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको जनाएको छ। घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।





