सर्लाही : सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए ।
वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले आज एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।





