२५ वर्षीय युवकबाट बालिका बलात्कृत

२०८१ पुष ११, बिहीबार

काठमाडौं : बालिका बलात्कार आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुधबार राति प्रहरीले सैनामैना नगरपालिका–३ स्थित सरौलीका २५ वर्षीय सागर थापालाई बलात्कार आरोपमा पक्राउ गरेको हो।

सागरले एक बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय रन्यौराको टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार