काठमाडौँ : इंग्लिस प्रिमियर लिग अंक तालिकाको दोस्रो स्थानमा रहेको चेल्सी पराजित भएको छ।
गएराति स्टामफोर्ड ब्रिजमा चेल्सी फुलहमसँग १-२ गोलले पराजित भएको हो। घरेलु मैदानमा १६ मिनेटमै कोल पाल्मरको गोलबाट चेल्सीले अग्रता लिएको थियो।
फुलहमका ह्यारी विल्सनले ८२ मिनेटमा बराबरी गोल फर्काएका थिए। निर्धारित ९० मिनेटको खेलपछिको अतिरिक्त समयको पाँचौं मिनेटमा फुलहमका रोद्रिगो म्युनिजले गोल गरेपछि चेल्सी घरमै स्तब्ध भएको हो।शीर्ष स्थानको लिभरपुललाई पछ्याइरहेको चेल्सीलाई गएरातिको हारले धक्का पुगेको छ।
लिभपुरलले लेस्ट सिटीलाई हराएर अंक तालिकामा दोस्रो स्थानको चेल्सीसँग ७ अंकको अग्रता बनाएको छ। चेल्सीले १८ खेलबाट ३५ अंक जोडेको छ।





