ऊर्जा मन्त्रालयले कुलमानसँग फेरि सोध्यो नाैबुँदे स्पष्टीकरण

२०८१ पुष २२, सोमबार

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनःस्पष्टीकरण सोधेको छ । मन्त्रालयले घिसिङलाई सोमबार नाैबुँदे स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाउँदै सातदिने स्पष्टीकरण साेधेकाे हाे । गत पुस ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा कुलमानले फरक मत राखेका थिए ।

यसअघि मन्त्री खड्काले कात्तिक १३ गते (स्पष्टीकरण स्वरूपमा) १५ बुँदे विवरण तथा त्यसको केही दिनपछि ६ बुँदे विवरण माग्दै प्रष्टीकरण मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार