चार प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस

२०८१ पुष २३, मंगलवार

काठमाडौं : नेपाल प्रहरीका चार प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका उनीहरुलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा हुनेमा डा. सुस्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार