कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु

२०८१ पुष २४, बुधबार

काठमाडौं : गैरकानुनी बाटो हुँदै रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली महिला श्रमिकको मृत्यु भएको छ । चिसोबाट बच्न कोइला बालेर सुतेका उनीहरूको सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा पीपलमाढी–३ सिन्धुलीकी २१ वर्षीया अदिमाया तामाङ र हिलिहाङ–२ पाँचथरकी ५६ वर्षीया कमलादेवी लिम्बु रहेको कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरले जानकारी दिए । उनका अनुसार अत्यधिक चिसोका कारण कोइला बालेर सुत्दा उनीहरूको मृत्यु भएको हो ।

उनीहरूको मृत्युबारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको थापामगरले बताए । दूतावासले पनि रोजगारदाता कम्पनीसँग समन्वय गरेर मृतकको शव नेपाल पठाउने कानुनी प्रक्रिया थालिसकेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार