दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान सक्छ : प्रचण्ड

२०८१ पुष २४, बुधबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले टीआरसीको विषय टुङ्गोमा पुर्‍याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने बताएका छन्।

बुधवार (आज) नेपाल बार एसोसिएसनमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

‘एकताबद्ध भएर पीडितले सडकबाट दबाब नदिए टीआरसी अर्को १८ वर्ष जान पनि बेर छैन। राजनीतिक दबाब दिन जरुरी छ। प्रेसर भएका यो टुङ्गोमा पुग्न सक्छ। म दबाब बढाउने ढङ्गले सोच्दैछु,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार