गाडीको ठक्करबाट क्यानडामा गिरीको मृत्यु

२०८१ पुष २५, बिहीबार

काठमाडौं : क्यानडामा सडक दुर्घटनाबाट एक नेपाली युवाको मृत्यु भएको छ।

क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो। घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले उनलाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएका ती युवाको घटनास्थलमै मृत्यु भएको हो।

खोटाङ घर भएका युनेश गिरी क्यानडाको ब्राम्टनमा बस्दै आएका थिए। अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार