ट्राफिक प्रहरीको उद्देश्य चालकलाई कारबाही गर्नु होइन : ट्राफिक प्रहरी प्रमुख

२०८१ माघ ३, बिहीबार

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले ट्राफिक प्रहरीले सवारी चालकलाई कारबाही गर्ने उद्देश्य नराख्ने स्पष्ट पारेका छन्।

उनले ट्राफिक सचेतना र सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए। बिहीबार ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसएसपी घिमिरेले सवारी चालकलाई जिम्मेवार बनाउनकै लागि कारबाही गर्नुपरेको धारणा व्यक्त गरे। उनले समयक्रमअनुसार ट्राफिक नियम कार्यान्वयनको तरिका परिवर्तन हुँदै आएको उल्लेख गरे। विगतमा सवारीसाधनलाई धेरै मात्रामा कारबाही गरेर राम्रो काम भएको देखाउन खोजिएको भए पनि अहिले त्यस्तो परिपाटी कम भएको उनको भनाइ छ।

एसएसपी घिमिरेका अनुसार अहिले प्रविधिको प्रयोग गर्दै ट्राफिक कारबाहीलाई व्यवस्थित बनाइएको छ। उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमै बसेर सवारीसाधनलाई कारबाही गर्ने प्रविधि कार्यान्वयनमा छ। साथै, सडक लेन उल्लंघन गर्ने चालकहरूका लागि अनलाइन प्रशिक्षण कक्षाको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए।

उनले भने, ‘हाम्रो उद्देश्य कारबाही गरेर दण्ड दिनु होइन। सवारी चालकलाई जिम्मेवार बनाउन कारबाही गरिन्छ। जिम्मेवारी सवारी चालक र सञ्चालकहरूले पनि लिनुपर्छ। ट्राफिक सचेतना र सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार