ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान

२०८१ माघ ५, शनिबार

मोरङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोरङको ग्रामथान–२ झोराहाठ पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्।

उनले १०६ वर्षीय बखतबहादुर कार्की, १०६ वर्षीय पदमप्रसाद पौडेल, ९७ वर्षीय कुलदीप मण्डल, ८२ वर्षीया गंगादेवी लुइँटेल र ८० वर्षीय सिछाइ मुसहरलाई सम्मान गरेका हुन्।

सो क्रममा अध्यक्ष प्रचण्डले ज्येष्ठ नागरिक जीवन्त इतिहास भएकाले उनीहरुबाट समाजका हरेक क्षेत्रले प्रेरणा लिनुपर्ने बताए।

आजको पुस्ताले अग्रज पुस्ताबाट अनुभव र प्रेरणा लिने समाजलाई गति दिनुपर्ने उल्लेख गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि राज्य, समुदाय र परिवार संवेदनशील हुनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार