कस्तो रहनेछ आजको मौसम ?

२०८१ माघ ८, मंगलवार

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका केही भूभागहरूमा हुस्सु लागेको अवस्था छ ।आज कोशी,  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार