काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा आउन चाहेका छन्।
त्यसका लागि उनले उपराष्ट्रपति हुनुअघि सक्रिय रहेको माओवादी र सो पार्टीका अध्यक्ष प्रचण्डसँग जिम्मेवारी मागेपनि अलमल भइरहेको छ। पार्टीभित्रै उनलाई राजनीतिमा सक्रिय गराउन नहुने आवाज उठेपछि जिम्मेवारी दिन समस्या भइरहेको बताइन्छ। मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा पनि पुनलाई जिम्मेवारी दिनेबारे विवाद भएको छ । विवादकै कारण यस सम्बन्धमा कुनै निर्णय हुन नसकेको एक नेताले हाम्रोदेशलाई बताए ।
उनी माओवादीको बैठकहरूमा आमन्त्रित सदस्यका रूपमा कात्तिक अन्तिम सातादेखि सहभागी हुँदै आएका छन्। तर, जिम्मेवारीको सन्दर्भमा विवाद देखिएकाले मंगलबारको बैठकबाट कुनै निष्कर्ष निकाल्न नसकिएको हो।





