आज पनि आराममै प्रधानमन्त्री ओली, अत्यावश्यकबाहेक भेटघाट नगर्ने

२०८१ माघ १०, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अझै स्वास्थ्य लाभ गरिरहेका छन्। चिसोले स्वास्थ्यमा ल्याएको समस्याका कारण बुधबार अत्यावश्यकबाहेकका भेटघाट र कार्यक्रममा सहभागी नभएका प्रधानमन्त्री ओलीले आज पनि त्यसैलाई निरन्तरता दिने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली आज पनि अत्यावश्यकबाहेक भेटघाटमा सहभागी हुने छैनन्।

स्वास्थ्य ठीक नभएकै कारण प्रधानमन्त्री ओली बुधबार पूर्वनिर्धारित सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सव समारोहमा पनि सहभागी हुन सकेनन्। अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली गत मंगलबार राति पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार