चोरी गर्न मध्यराति बैंक छिरेका युवक बैंक भित्रैबाट पक्राउ

२०८१ माघ १३, आईतवार

काठमाडौं : शनिबार राति दाङको तुलसीपुरमा एनएमबी बैंक चोरीको प्रयासमा एक युवक पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको बैंकमा चोरी गर्न खोजिरहेका तुलसीपुर-१८ दुधराशका २७ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयका अनुसार राति करिब २ बजे चौधरीले बैंकको गेटको ताला तोडेर भित्र छिरेका थिए । सूचना पाएलगत्तै प्रहरी निरीक्षक बिनोदराज खत्रीको नेतृत्वमा गएको टोलीले उनलाई चोरीका उपकरणहरूसहित पक्राउ गरेको हो ।

पक्राउका क्रममा चौधरीसँग ताला तोड्ने हथौडा, छिना, र पिलास फेला परेको छ भने प्रयोग गरिएको रा ५ प ९७९ नम्बरको स्कुटर पनि बरामद गरिएको छ । चौधरीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार