चितवनमा रविको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा

२०८१ माघ २३, बुधबार

चितवन : चितवनको सहारा सहकारीमा ठगी अभियोगमा मुद्दा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

लामिछानेको बयानका लागि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा पेसी तोकिएको लामिछानेका प्रेस हेर्ने प्रमोद न्यौपानेले जानकारी दिए। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मंगलबार मात्र चितवन अदालतमा मुद्दा दर्ता भएको थियो। सहारा सहकारी प्रकरणमा भने रवि लामिछानेलाई ठगीको अभियोग मात्र लगाइएको छ।

जम्मा ३२ प्रतिवादीमध्ये रविसहित २० जनालाई ठगीमा मात्रै र १२ जनालाई ठगी र संगठितको कसुरमा सजाय माग गरिएको छ। रवि  लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ। यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यीमध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार