छात्रावासमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु

२०८१ माघ २४, बिहीबार

काठमाडौं : नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १७ जना विद्यालयका बालबालिकाको मृत्यु भएको छ ।

कौरा–नमोदा स्थानीय सरकार क्षेत्रका अध्यक्ष मन्नीर मुआजु हैदराले राज्यको कौरा–नमोदा क्षेत्रमा रहेको सिकाइ केन्द्र मकरन्त मल्लम घलीमा विद्यार्थी सुतिरहेका बेला आगलागी हुँदा कम्तीमा १६ जना घाइते भएको सञ्चारमाध्यमलाई जानकारी दिए । प्रत्यक्षदर्शीहरूले आगो तीन घण्टा भन्दा बढी समयसम्म चलेको र स्थानीय विद्यालयका अधिकारीहरूले सुरुमा उनीहरूले घटनाको समयमा करिब १०० विद्यार्थीलाई बाहिर निकालेको विश्वास गरे ।

तर, आगो निभिएपछि सबै विद्यार्थीलाई बाहिर निकाल्न नसकेको थाहा भयो । त्यहाँका बासिन्दा अब्दुलरासाक बेलो कौराले आफूलाई भित्र कोही बाँकी नरहेको भन्ने लागेको बताए । मङ्गलबार राति भएको आगलागी विद्यालय परिसरमा राखिएको लट्ठीको थुप्रोबाट अज्ञात व्यक्तिले आगो लगाएर आगलागी भएको बताइएको छ । छानबिन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार