अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

२०८१ माघ २९, मंगलवार

काठमाडौं : रोल्पाको रुन्टिगढी गाउँपालिका–२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका–२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो ।

रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार करिब ३ बजेको समयमा अटो दुर्घटनामा परेको हो । उक्त अटो रोल्पाको होलेरीबाट धारापानी जाँदै गर्दा दुर्घटनामा परेको हो ।

उनका अनुसार दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा सुनिलस्मृति गाउँपालिका– २ ६२ वर्षका मान बहादुर परियार र चालक रुन्टिगढी गाउँपालिका–१ का ३८ वर्षीय मनराज नेपाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार