
काठमाडौँ : माओवादीको तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको उपचारका क्रममा निधन भएका छन् । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा आफूले लामो समय उनीसँग सहकार्य गर्ने अवसर प्राप्त पाएको पनि शर्माको स्मरण छ।
‘उहाँ महान् जनयुद्धको एक अथक योद्धा हो । एक साहसी एवं दुर्लभ कमान्डर पनि हो’, शर्माले मङ्गलवार फेसबुकमार्फत भनेका छन्, ‘उहाँ फौजी, प्राविधिक, व्यवहारिक, राजनीतिक ज्ञान र अनुभवहरूले परिपक्व हुनु हुन्थ्यो । नेपालको परिवर्तनको आन्दोलनमा उहाँको अतुलनीय योगदान रहेको छ ।’