शरतसिंह भण्डारीको मन्त्री पद धरापमा

२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पद धरापमा परेको छ । भण्डारीको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति विमति राखेसँगै मन्त्री भण्डारीको पद धरापमा परेको हो ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका ​श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएका छन् । पार्टी अध्यक्षले नै राजीनामा दिनका लागि तयार रहन निर्देशन दिएपछि भण्डारीको पद धरापमा परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार