काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले आफुना वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै अघि बढिरहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको मुनाफा २३.२२ प्रतिशतले घटेर सात लाख ३४ हजार रुपैयाँमा सीमित बनेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा नौ लाख ५६ हजार रुपैयाँ मुनाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले १० करोड ३७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस कम्पनीले आफ्नो जगेडा कोषमा ३३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३८ लाख रुपैयाँ सञ्चित गरी राखेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको चुक्ता पूँजी ५२ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमा कोषमा ५६ लाख ५९ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ० दशमलव ४८ रुपैयाँ रहेको छ ।





