आज राति केहि स्थानमा वर्षा हुने

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौं : दिनभर बादल पछि आज राति केहि स्थानमा पानी पर्ने संभावना देखिएको छ ।

मौसम विभागको अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो। राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार