काठमाडौं : ३५१ ग्राम लागुऔषध ब्राउन सुगर सहित बाँकेको नेपालगंजबाट एक भारतिय नागरिक पक्राउ परेका छन् ।
भारतको उत्तर प्रदेश बहराईच जिल्ला घर भएका विशाल अहमदलाई नेपाल प्रहरी लागुऔषध ब्यूरो कोटेश्वर बाट प्रहरी सहायक निरिक्षक (असई) नविन कुमार शाहिको नेतृत्वमा खटिएको एक टोलिले बाँकेको नेपालगंजबाट प्रकाउ गरेको हो । यो परिमाणको ब्राउन सुगर ठूलो मात्रा रहेको ब्यूरोका एक अधिकृत बताउँछन् ।
‘१ मिलिग्रामको हिसाबले किनबेच हुने ब्राउन सुगर अहिले बरामद भएको ठूलो परिमाण हो,’ एक अधिकृत भन्छन् । अहमदलाई सेतो अपाचे बाइकमा भारतबाट नेपालतर्फ आउँदा गर्दा नेपालगंज पुरैनासुरमा खानतलासी गर्दा उनको साथबाट प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको ३५१ ग्राम लागुऔषध ब्रउन सुगर बरामद भएको ब्यूरोले जानकारी दिएको छ ।
अहमल लागूऔषध सेवनका साथै बेचबिखन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनी नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषधको कारोबार गर्दै आएको सूचना लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पाएको थियो । पक्राउ परेका अहमदविरुद्ध लागूऔषध कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।





