आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामालाई बैठकस्थलबाट बाहिर निकालिएको भनेर गरिएको प्रचार झुटो भएको जनाएको छ ।

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जारी केन्द्रीय कमिटी बैठकलाई लिएर आरती लामालाई बैठकबाट निकालियो भनेर अनावश्यक प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न भनेका छन् ।

अर्यालले भने, ‘आरती लामालाई बैठकबाट निकालियो र अध्यक्ष माधव नेपाल र लामाबिच झगडा पर्‍यो भनेर भएको प्रचारमा कुनै सत्यता छैन ।’

आरतीले आफ्नो कुरा राखिसकेपछि बैठकमा समय नलिई बोल्न खोज्ने केही सदस्यलाई पालोमा बोल्नुस् मात्र भनिएको अर्यालले बताए । ‘आरतीले बोलिसकेपछि अर्को सदस्यलाई बोल्दै गर्दा समय नलिएको सदस्यले बोल्न खोज्दा अध्यक्ष र महासचिवले बोलिरहेको सदस्यले बोल्नुस् अरू चुप लाग्नुस् भन्नु भएको मात्र हो’, अर्यालको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार