सशस्त्रकी इन्सपेक्टर महत झुण्डिएको अवस्थामा मृत भेटिए

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : शसस्त्र प्रहरी बल नेपालका एक महिला इन्सपेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।

मृत भेटिनेमा पोखरामा तालिमरत इन्सपेक्टर सन्तोषी महत छिन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्सपेक्टर हुन् । इन्सपेक्टरको बेसिक तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनको शव पोस्टमार्टम गर्ने तयारी गरिएको छ । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
1

ताजा समाचार