काठमाडौँ : म्याग्दी केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको मुना भन्ने स्थानमा रहेको थियो । बिहान ९ बजेर १८ मिनेट जाँदा गएको सो भूकम्पको तीव्रता ३.५ म्याग्निच्युड रहेको थियो ।
भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस गरिएको थियो ।





