काठमाडौं : काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ ।
धुलिखेल नगरपालिका- १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ८:२० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालक सहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना सवार थिए । घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।
चालक र सह-चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।





