सिन्धुपाल्चोकमा भूकम्पको क्षति विवरण सङ्कलन हुँदै

२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडौँ : सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पको  क्षति विवरण सङ्कलन सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले भूकम्पको क्षति विवरण सङ्कलन सुरु गरिएको जानकारी दिए। ‘अहिलेसम्म त केही जानकारी आएको छैन। हामी बुझ्दै छौं’ उनले नागरिक न्युजसँग भने।

जिल्ला प्रसाशन कार्यालयले  क्षतिबारे बुझ्ने काम भइरहेको जनाएको छ। शुक्रबार बिहान २:५१ बजेको समयमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का देशका विभिन्न स्थानमा महसुस गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार